नेपाली टोली मंगलबार उज्बेकिस्तान जाने 

उज्बेकिस्तानको फर्गानामा आयोजना हुने एसियाली हाप्किडो च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय मास्टर सेमिनार २०२२ मा सहभागी हुने नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गर्दै छ ।
२९ जुन देखि ३ जुलाई सम्म हुने प्रतियोगितामा सहभागी खेलाडीमा भुवन बुढा मगर, प्रवीण गुरुङ, विजया कुमारी वाइबा,  कृती गिरि र गुमान घर्ती मगरको सहभागिता रहने छ । गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो सङ्घकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहेकी छिन् ।
Comment