सिवाइएफलाई तेक्वान्दो उपाधि

महालक्ष्मी फिटनेस एकेडेमीको आयोजनामा सञ्चालित तेक्वान्दो प्रतियोगितामा सीवाइएफ तेक्वान्दो डोजाङ पहिलो भएको छ । यसै गरी, छम्पी तेक्वान्दो डोजाङ दोस्रो तथा न्यु सैबू तेक्वान्दो डोजाङ तेस्रो भए ।
आयोजककी प्रतिमा खत्री महिला तर्फ तथा वान तेक्वान्दोकी पदम शाही पुरुष तर्फ उत्कृष्ट खेलाडी चयन भए । पुरुष तर्फ ८ तथा महिला तर्फ ५  तौल समूहको प्रतिस्पर्धा भएको प्रतियोगितामा २४ डोजाङका २ सय ५० खेलाडीको सहभागिता थियो ।
विजयी खेलाडीलाई महालक्ष्मी तेक्वान्दो डोजाङका मेयर हरि गोविन्द श्रेष्ठले पुरस्कार प्रदान गरे । महालक्ष्मी फिटनेस एकेडेमीका प्रमुख थानेश्वर दर्लामी मगरको सभापतित्वमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विभिन्न प्रतियोगितामा सफलता पाउने प्रेम दर्नाल सञ्जीव नेपाली र गोपाल भण्डारीलाई सम्मान गरियो । यसै गरी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी तथा खेलाडीहरू रञ्जना धामी, सृजना घिसिङ र राम अधिकारी पनि सम्मानित भए ।
Comment