पारा एथलेटिक्स मंगलबार

राष्ट्रिय पारा खेलकुद प्रतियोगिता अन्तरगत उपत्यका व्यापी पारा एथलेटिक्स प्रतियोगिता मंगलबार हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने सो प्रतियोगिताका लागि नेपाल पारा एथलेटिक्स कमिटीको समन्वयमा हुने लागेको छ । यसको ब्यवस्थापन नेपाल एथलेटिक्स संघले गरेको छ । प्रतियोगितामा बहिरा तर्फ १८, दृष्टिीविहीन तर्फ १८, शारिरिक अपांग तर्फ १८ तथा होचा पुड्का तर्फ सहित १२ जानको सहभागिता रहने छ ।
दृष्टिीविहीन तर्फ १०० र २०० मिटर दौड शारिरिक अपांग तर्फ १०० मिटर, ह्वीलचेयर रेस, ज्याभलीन थ्रो तथा बहिरा ४०० मिटर महिला र पुरुषको सहभागिता रहने छ । होचा पुड्काको हकमा १०० मिटर दौड आयोजना गरिने छ ।
Comment