रोयलले जित्यो उपाधि

 रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
       गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ४२–१२ को फराकिलो अन्तरले पराजित ग¥यो । रोयलकी प्रतीक्षा मगरले ११ अङ्क जोडिन् ।
       रोयल सबै क्वाटरमा अगाडि रह्यो । पहिलो क्वाटरमा १३–२ को अग्रता लिएको रोयल दोस्रोमा ६–६ को बराबरीमा रोकियो । रोयलले तेस्रोमा १७–० र चौथोमा ६–४ को प्रदर्शन गर्दै जित अन्तर फराकिलो बनायो । रोयलले २५ हजार तथा जेभियरले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
       सानागाउँस्थित आयोजक रोयलकै कोर्टमा भएको प्रतियोगितामा रोयलकी मिना गुरुङ ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन् । आईएसए नेपाल उदीयमान टिम चुनियो ।
       विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ र जिएएका अध्यक्ष प्रकाशबाबु केसीले एक कार्यक्रमबिच पुरस्कृत गरे । साताव्यापी प्रतियोगितामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका  थिए ।
Comment