राष्ट्रिय खुला पुरुष भलिबल चैत्र अन्तिम साता

nayabazar volleyball
दोश्रो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता चैत्र २५ देखि संचालन हुने भएको छ  ।
दोश्रो संस्करणमा पुरस्कार रासी दोब्वर गरिएको छ– प्रथम हुनेले १ लाख १ हजार १ सय ११ ,दोश्रोले ६० हजार १ सय ११, तेश्रोले ३५ हजार १ सय ११ र चौथो हुनेले ११ हजार १ सय ११ नगद पाउने अध्यक्ष थापाले जानकारी गराए । पत्रकार सम्मेलनमा अध्यक्ष थापाले थप– २१ औं सताब्दीमा आएर द्धन्द्धको चपेडामा परेका राष्ट्र पनि समुधर सम्बन्धका लागि खेलकुदको माध्यमबाट पहिचान बढाई रहेका छन् । राज्यले पनि खेलकुद क्षेत्रलाई लाई प्रथामिकतामा राख्नु पर्छ अनि मात्र नेपाली खेलकुदको बिकास र बिस्तार सम्भव छ ।
नयाँ बजार टाउन प्लानिङ आई ब्लक स्थित सोसियल ग्राउण्डमा २८ गते सम्म संचालन हुने प्रतियोगितामा ८ टिम सहभागिता रहने प्रतियोगिता संयोजक पदमकुमार श्रेष्ठले जानकारी गराए । प्रतियोगितामा सहभागि टिमलाई २ समूहमा बिभाजन गरि लिगकम नकाउट पद्धतिमा खेलाई छ । नेपाल पुलिस,शसस्त्र बलको एपीएफ क्लब,नेपाल आर्मी,विश्व बिद्यालय,हेल्प नेपाल, ढोरपाटन प्रशिक्षण क्लब,जाउलाखेल प्रशिक्षण केन्द्र र आयोजकको टिमले सहभागिता जनाउने संयोजक श्रेष्ठले जानकारी गराए ।  प्रतियोगिता संचालनका लागि ११ लाख ८० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिता सफल बनाउन पुर्व राष्ट्रिय खेलाडी पदमकुमार श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता आयोजक कमिटि गठन गरिएको छ । राष्ट्रिय रेफ्रि विकास गुरुङ प्रतियोगिता सह–संयोजक रहेका छन् ।

Comment