हिमालयन र ग्लोबल तेक्वान्दो एकेडेमीबाट कुसुम र भिमलाई सहयोग

त्रिवि शिक्षण अस्पतालमा  उपचाररत तेक्वान्दो खेलाडी कुसुम मगर र भीम लामालाई सहयोगको क्रम जारी छ । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घको पहलमा उनीहरूलाई सहयोग गरिएको हो ।
बुधवार कुसुमका आमालाई २५ हजार रुपैयाँ तथा भीम लामालाई पनि २५ हजार रुपैयाँ प्रदान गरियो ।
उनीहरूलाई हिमालयन तेक्वान्दो तथा ग्लोबल तेक्वान्दो एकेडेमीका  अध्यक्ष नकुल शर्मा,हिमालयन तेक्वान्दोका असिस्टेन्ट मास्टर डेक दर्जी ,ग्लोबल तेक्वान्दोका निर्देशक तथा प्रमुख प्रशिक्षक प्रकाश ढुङ्गाना,ग्लोबल तेक्वान्दोका प्रशिक्षक विनीता पुरी राई र हिमालयन तेक्वान्दोका प्रशिक्षक राम अधिकारीले उनीहरूलाई सहयोग गरे ।
सहयोगी व्यक्तित्वहरू हाल अमेरिकामा छन् । नेपालमा रहँदा पनि उनीहरूको  तेक्वान्दो विकासमा सकारात्मक भूमिका थियो । विदेशमा रहँदा पनि उनीहरूको तेक्वान्दो विकासमा उत्तिकै सहयोगी भूमिका छ ।
अहिले अमेरिकामा हिमालयन एकेडेमी र ग्लोबल तेक्वान्दो एकेडेमीका थुप्रै शाखा छन् । यी एकेडेमीका सञ्चालकले विभिन्न समयमा अप्ठेरोमा परेको तेक्वान्दो कर्मीलाई सहयोग गर्दै आएका छन् ।ग्लोबल र हिमालयन एकेडेमी हेरिसबर्गमा छन् ।
Comment