ज्ञान बहादुरलाई पहिलो स्थान

 नेपालका ज्ञान बहादुर परियारले म्यानमार खुल्ला तेक्वान्दो अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उनले ४० वृष भन्दा मुनीको स्थानमा पहिलो स्थान पाएका हुन् । कोरियामा रहेका बाराका स्थायी बासिन्दा ज्ञानले त्यहीँ रहेर प्रतियोगितामा सहभागिता जनाएका हुन् ।
उनी नेपालमा रहँदासम्म जावलाखेल तेक्वान्दो डोजाङमा सक्रिय थिए । अहिले पनि डोजाङको गतिविधिमा उनको त्यत्तिकै महत्वपूर्ण भूमिका छ । उनको यो तेस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो  ।
Comment