अशोकको बिदाइ

नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश समसेर राणाले स्विडेन ओपन विश्व रेङकीङ प्रतियोगितामा नेपालबाट अन्तर्राष्ट्रिय निर्णायकको रूपमा भाग लिन जाने अशोक खड्कालाई बिदाइ गरे  । सो जी २ प्रतियोगिता ३० अप्रिलदेखि १ मेसम्म स्विडेनको स्टकहोममा हुने छ  ।  अशोक हालै सम्पन्न विश्व च्याम्पियनसिपसँगै तेक्वान्दोको दोस्रो क्लास  रेफ्रि भएका छन् ।
Comment