नोर्बु पुम्से विश्व च्याम्पियनसिप सञ्चालन गर्ने पहिलो नेपाली 

नेपालका नोर्बु लामा विश्व पुम्से तेक्वान्दो च्याम्पियनसिप सञ्चालन गर्ने पहिलो नेपाली हुने भएका छन् । २१ देखि २४ अप्रिलमा दक्षिण कोरियामा आयोजना हुने गोयाङ विश्व पुम्से तेक्वान्दो च्याम्पियनसिपमा नोर्बुले रेफ्रिको भूमिका निर्वाह गर्ने छन् ।
प्रतियोगिताको दुई दिन अघि १९ र २० अप्रिलमा पुम्से रेफ्रि सेमिनार हुने भएको छ । नेपालका एक मात्र सेकेन्ड क्लास अन्तर्राष्ट्रिय पुम्से रेफ्रि नोर्बुले शुक्रवार सम्पन्न भएको मुुजु अन्तर्राष्ट्रिय पुम्से प्रतियोगितामा नोर्बु जज थिए ।
पछिल्ला दुई वर्ष कोभिड महामारीका कारण भौतिक उपस्थितिमा हुने तेक्वान्दो प्रतियोगितामा कमी आए पनि नोर्बु अन्तर्राष्ट्रिय भर्चुअल प्रतियोगितामा सक्रिय रहे । यसै क्रममा नोर्बुले एसियन तेक्वान्दोले आयोजना गर्ने एसिया ओपन र प्रेसिडेन्ट कप पनि सञ्चालन गरेका थिए । यी दुवै प्रतियोगिताको २०१९ ,२०२० र २०२१ मा भएको तिन वटै संस्करणमा नोर्बु जज थिए ।
नोर्बु नेपाली तेक्वान्दोका पायनीयर स्युचटार तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा नेपाली तेक्वान्दोले विगतमा थुप्रै ऐतिहासिक सफलता पाइ सकेको छ ।
Comment