अनुपमा जोर्डन खेलाडीसंग पराजित भए पछि पदक बिमुख
दक्षिण कोरियाको इन्चोनमा जारी एसियाली खेलकुदको कराते स्पर्धाको पुरुष ५५ केजीमा विजय लामा मलेसियाका खेलाडी सेन्थिल कुमारनसंग क्वाटरफाइनलमा ७—० ले पराजित भए । उनी उत्तर कोरियाका युनहक सोङ्गलाई ९—३ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।
महिलाको ५५ केजी तौलमा मालिका थापा क्षेत्री जापानकी मिकी कोवायासीसंग ५—० ले पराजित भईन् । ६८ केजी तौलमा अनुपमा मगर क्वाटरफाइनलमा चिनिया खेलाडी लिङ्गलिङ्ग ताङ्गसंग ८—० ले पराजित भईन् । रिपचेजको लागि भएको अर्को खेलमा मगर जोर्डनकी खेलाडी नुर हाईताम सुवी संग ७—० ले पराजित भईन् । मगरले गंगा अधिकारीको ठाउँमा प्रतिस्पर्धा गरेकी थिईन ।
शनीबार अनु अधिकारीले थाईल्याण्डको सामना गर्दै छिन् । उनले पदक ल्याउन नसके नेपाली खातामा एक कास्य पदक मात्र हुने छ ।
कृष्ण एघारौं स्थानमा
पुरुष म्याराथनको खेलमा कृष्णबहादुर बस्नेत ११ औं स्थान रहे । उनले २ मिनट २७.०२ सेकेन्डमा दूरी पुरा गरे । १९ जना सहभागी रहेको प्रतियोगितामा ५ जनाले दूरी पुरा गर्न सकेनन् । प्रथम हुने बहराईनका मोहम्मद अली हसनले २ मिनट १२.३८ सेकेन्डमा दूरी पुरा गरेका थिए ।
तेक्वान्दोमा आशा समाप्त
पदकको आशा गरिएको तेक्वान्दो खेलले १७औं एशियाली खेलकुद प्रतियोगितामा सफलता हात पार्न सकेन । आज सम्पन्न भएका खेलमा ५८ केजीका रन्जन श्रेष्ठ कुवेतका खेलाडीसंग ८—७ ले पराजित भए । त्यस्तै ५४ केजीमा अरुण अधिकारी प्यालेस्टायनका खेलाडी संग २५—१३ ले र महिलाको ७३ केजी माथी निशा रावल मकाउकी खेलाडीसंग ११—४ ले पराजित भएकी छिन् ।
शुक्रबार भएको सफ्टटेनिस सवै खेलमा सुरु चरणवाटनै बाहिरिएको छ । यसका साथै नेपाली खेलको अन्त भोली हुने एक मात्र खेल कराँतेबाट सिद्धिने छ ।