आयोजक गोदावरीलाई पहिलो स्थान

ओम गोदावरी कोरियन मार्सल आर्ट एकेडेमी को आयोजनामा सञ्चालित तेक्वान्दो प्रतियोगितामा आयोजक टोलीले पहिलो स्थान हात पारेको छ । किटी नि कलेजको प्राङ्गणमा भएको प्रतियोगितामा आयोजक टोलीले ८ स्वर्ण, १३ र ५ कास्य पदक जितेको हो ।
शंखमुल तेक्वान्दो डोजाङ ४ स्वर्ण, ३ रजत तथा ५ कास्य पदक सहित  दोस्रो भयो । यसैगरी, कोरियन मार्सल आर्ट एकेडेमीले ३ स्वर्ण, १ रजत तथा १ कास्य पदक जित्यो ।
पुम्सेमा जाउलाखेल तथा पुम्सेमा  संखमुलका खेलाडी उत्कृष्ट खेलाडी घोषित भए । विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नवराज सिलवालले पुरस्कार प्रदान गरे ।
कार्यक्रममा  बाग्मती प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरी विशिष्ट अतिथि थिए । यसै गरी प्रदेश तेक्वान्दो सङ्घका महासचिव हरिहर ढुङ्गाना , गोदावरी नगरपालिका वडा नं ३का अध्यक्ष बाल मुकुन्द घिमिरे,बाडेँगाउ प्रहरी प्रभागका प्रमुख सुजित ओझा र ललितपुर जिल्ला तेक्वान्दो सङ्घका पूर्व अध्यक्ष सागर भक्त अमात्यको पनि उपस्थिति थियो । प्रतियोगितामा १४ टोलीको सहभागिता थियो ।
Comment