नुवाकोटमा जेठमा हाप्किडो 

आउँदो २ देखि ४ जेठसम्म उप–मेयर कप तथा सहिद स्मृति छैटौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगिता हुने भएको छ ।
वेलकोटगढी नगरपालिकाको सहयोगमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटले आयोजना गर्न लागेको सो प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको खेलाडीहरूको सहभागिता रहनेछ । वेलकोटगढी नगरपालिकामा नै हुने प्रतियोगितामा फाइट तर्फ महिला र पुरुष दुवैमा १२–१२ वटा तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक संस्था नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङको अनुसार सेल्फ डिफेन्स, डेमोष्ट्रेन, हाई फल, रङ फलमा पनि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा पहिलो हुनेलाई २५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार रुपैयाँ, तेस्रो हुनेलाई १० हजार रुपैयाँ र सान्त्वना स्थान पाउने  टोलीलाई ५ हजार रुपियाँ प्रदान गरिने छ ।
उप–मेयर कप तथा सहिद स्मृति छैटौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगितामा वेलकोटगढी नगरपालिकाको ५ लाख रुपैयाँ लगानी रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रतियोगितामा करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
Comment