बाग्मती टिम च्याम्पियन

बाग्मती प्रदेशले १७ औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिवार जितेको छ । बाग्मतीले ९ स्वर्ण, ४ रजत र ११ कांस्य जित्यो । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण र १ कांस्यसाथ नेपाल प्रहरी दोस्रो भयो । तेस्रो स्थानको लुम्बिनी प्रदेशले ३ स्वर्ण, ४ रजत र ५ कांस्य हात पा¥यो ।
सिनियरको पुरुषमा लुम्बिनीका नवराज बस्नेत तथा महिलामा प्रहरीकी कञ्चन थापा उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा प्रदेश १ का सुशान्त थापा तथा महिलामा सुदूरपश्चिम प्रदेशकी गीता कठायत उत्कृष्ट खेलाडी चुनिए । कर्णाली प्रदेशले अनुशासित टिमको उपाधि हात पा¥यो ।
 दुई दिने प्रतियोगिताको सिनियरमा १६ र जुनियरमा १० गरी २६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । २ सय ३७ खेलाडी सहभागी थिए ।
Comment