राष्ट्रिय च्याम्पियनसिपमा महोत्तरीका दुई खेलाडी 

आसन्न तेक्वान्दो राष्ट्रिय च्याम्पियनसिपमा महोत्तरीका दुई खेलाडी प्रदेश स्तरीय छनोटमा सफलता पाउँदै अगाडी बढेका छन् । यस प्रदेशबाट सफलता पाउँदै केशव भुजेल र दिवस अधिकारी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन् ।
काठमाडौँमा १८ चैतबाट सुरु हुने प्रतियोगितामा महोत्तरीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास महोत्तरी तेक्वान्दो सङ्घकी अध्यक्ष रजनी लामाले बताएकी छिन् ।
प्रदेशस्तरीय छनोटमा महोत्तरीले दुई स्वर्णका साथै ५ रजत र चार कास्य पदक जितेको थियो ।
Comment