परशुराम पराजित

logo asiad

इन्चोनमा जारी एसियाली खेलकुद अन्तरगत पुरुष तर्फको एकल कातामा परशुराम बास्तोला पराजित हुन पुगेका छन् । पहिलो चरणम साउदी अरवियाका अब्दुल्लाह इमुवाराकलाई हराएर क्वाटरफाइनल प्रवेश गरेका बास्तोला मलेसियाका चि वई लिमसंग ५—०ले पराजित भएका थिए । कास्य पदकको लागि भएको प्रतिस्पर्धामा उनी इसेयी इम्बाबासंग ५—० लेनै पराजित भएका थिए ।
पुरुषको ६७ केजी तौलमा मुकुन्द्र महर्जन जोर्डनका खेलाडी बसार सइद मौसासंग २—१ ले पराजित हुन पुगे । महर्जनले पहिलो चरणमा तुर्कमेनिस्तानका सापादूर्दी सेत्दारोभलाई ९—१ले पराजित गर्दै क्वाटरफाइलनमा प्रवेश गरेका थिए । क्वाटरमा उनी काजाखस्तानका खेलाडी रिनात सागान्दिकोभसंग ६—० ले पराजित भए । क्वाटरफाइनलमा पराजित भए पश्चात उनी रिपचेजका लागि जोर्डनी खेलाडी संग भिडेका थिए ।
७५ केजी तौलमा दीवस श्रेष्ठ कुवेतका खेलाडी एमएबिएस एलोतावी अब्दुल्लाहलाई ५—३ ले हराउन सफल भएका थिए । क्वाटरफाइलनको खेलमा उनी जोर्डनका खेलाडीसंग ८—० ले पराजित भए ।
एथलेटिक्समा खराव प्रदर्शन
महिला म्याराथनमा अमेरिकामा वसोवास गर्दै आईरहेकी स्वरुपा खड्काले अन्तिमस्थानमा दूरी पुर गरिन् । उनले उक्त दूरी पुरा गर्न ३ घण्टा ४१ सेकेन्ड समय खर्चिन् । महिलाकै ५ हजार मिटर दौडमा कान्छीमाया कोजु १७ मिनट २०.३३ सेकेन्डका साथ १६औं स्थानमा रहिन् । उनले लावसकी खेलाडीलाई पछि पारेकी थिईन् ।
तेक्वान्दोमा पनि निराश
पदकको आशा गरिएको तेक्वान्दो खेलमा पनि नेपालको अवस्था खराव रहेको छ । आज सम्पन्न प्रतियोगिताको ६२ केजी तौल समूहमा दोहा एसियाडकी कास्य पदकधारी खेलाडी मनिता साही पहिलो खेलमै चिया चिया चुहाङ्गसंग १३—१ ले पराजित भइन् । यस्तै अर्की एसियाली पदकधारी आयषा शाक्य मकाउकी किङ्ग लिउसंग ९—२ ले पराजित भईन् । नेपालले यी दुई खेलाडीबाट पदकको आशा गरेको थियो ।
पुरुषको ६३ केजी तौलमा सुजन जोशी भारतका खेलाडी सौरभसंग गोल्डेन प्वाईन्टका आधारमा पराजित भए । ६८ केजी तौलमा महमद वेस फादी बखाजीसंग ४—१ ले पराजित भए ।
नविता पराजित
टेबल टेनिस महिला एकल तर्फको खेलमा नविता श्रेष्ठ जापानी खेलाडी आई फुकुहारा संग ४—० ले पराजित भएकी छिन्

Comment