मिनु र भूपेन्द्र विजयी

थाइल्यान्ड ओपन ईन्टरनेशनल बक्सिङमा भूपेन्द्र थापा मगर मिनु गुरुङ छनोट भए । छनोटको  फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका मिनुले एपिएफका संजुुमाया थिंगलाई पराजित गरिन् । भूपेन्द्रले जेनेक्सका मौसम राना मगरलाई पराजित गर्दै छनोट भएका हुन् ।
यसै गरी, फस्ट अल नेपाल स्कुल व्वाइज एन्ड र्गल्स बक्सिङ प्रतियोगिताको सोमबार भएको फाइनलमा ३५ किलो पुरुषतर्फ मकवानपुरको अरुण सापकोटाले नक्सालका सक्षम लामालाई अङ्कको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारे । यसै गरी, पुरुष ३७ किलोमा अछामका रोहित जनालाले आर्यन क्लबका अमन थापालाई अङ्कको आधारमा पराजित गरे ।
४० किलो तौल समूहमा थानकोटका प्रकाश महर्जनले बोशिगाँउका रितेश महर्जनलाई पराजित गरे भने पुरुष ४३ किलो तौल समूहमा अल्फा बक्सिङ दाङका सोनम पुन मगरले अछामका प्रवीण टमटालाई पराजित गरे । पुरुष ४६ किलो तौल समूहमा कास्कीका निशान गुरुङले दमकका योगेश लिम्बुलाई पराजित गर्दै स्वर्ण पदक जिते । पुरुष ४९ किलो तौल समूहमा मैत्री स्कुल भक्तपुरका नवीनतम खडकाले मकवानपुरका सिलेन वाइबालाई पराजित गर्दै स्वर्ण पदक हात पारे । ५२ किलो तौल समूहमा बाँकेका योगराज खत्रीले भूपू बक्सिङका समुन्द्र थापा मगरलाई पराजित गर्दै प्रथम हुन सफल रहे । पुरुष ५८ किलो तौल समूहमा भूपू बक्सिङ पोखराका शाहिल लिम्बुले धरानका सागर तामाङलाई पराजित गर्दै स्वर्ण पदक हात पारे । पुरुष ६१ किलो तौल समूहमा बक्समाण्डुका शेरप ग्याल्जेन शेर्पाले ईन्टरनेशनल फ्रेन्च स्कुलका आर्यमान रानालाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे ।
त्यसै गरी स्कुल बक्सिङकै र्गल्स तर्फ ४० किलो तौल समूहमा दमकका दिप्सा कांगबांगले अछामकी लक्ष्मी शाहीलाई अङ्कको आधारमा पराजित गदै स्वर्ण पदक हात पारिन् । ४६ किलो तौल समूहमा द एक्सलीयर स्कुलकी प्रकृति थापाले दमकका कन्चर राईलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । त्यसै गरी ४९ किलो तौल समूहमा नक्सालका दिव्या लिम्बुले दमकका पतिमा राईलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भइन् । ६० किलो तौल समूहमा आर्यन फिटनेस बक्सिङ क्लबका अस्मिता केसी प्रथम, दमकका सुस्मिता लिम्बु द्धितिय र नक्सालका प्रतिमा थापाले तृतीय स्थान हात पारे । महिला ६३ किलो तौल समूहमा सिद्धार्थ वनस्थली इन्स्टिच्युटकी प्रिक्षालामाले दमकका युना मगरलाई पराजित गर्दै स्वर्ण पदक हात पारे भने १२ वर्ष मुनिको ३० किलो तौलमा प्रदर्शन म्याचमा बोशिगाउका दिपशिखर महर्जन पहिलो  तथा बक्समाण्डुका मनु मगर दोस्रो भए  ।
प्रतियोगिताका उत्कृष्ट  ब्वाइज बक्सर अल्फा बक्सिङ क्लब, दाङका सोनम पुन मगर र र्गल्स तर्फ दमकका दिप्सा कांगवांगले उत्कृष्ट मुक्केबाजको उपाधि हात पारे । दुवै उत्कृष्ट मुक्केबाजलाई बक्समाण्डुका सन्दीप श्रेष्ठको तर्फबाट १५ हजार रुपैयाँ प्रदान गरे ।
समापन समारोहमा प्रमुख अतिथि राखेप उपाध्यक्ष शिव कोइरालाले पुरस्कार प्रदान गरे ।
Comment