गण्डकीमा प्राबीधीक सेमिनार

गण्डकी प्रदेश तेक्वान्दो सङ्घको आयोजनामा प्राविधिक सेमिनार १४ र १५ मार्चमा पोखरामा  भएको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपालीको प्रमुख आतिथ्यमा सो सेमिनार भएको हो । सेमिनारमा नेपाल आइिटिएफका अध्यक्ष अञ्जन धमलाको उपस्थिति हुने छ भने उपाध्यक्ष प्रवीण कार्की र महासचिव अन्जु रावत लगायतले प्रशिक्षण दिए ।सो कार्यक्रममा रामहरी खतीवडा विशेष अतिथीको रुपमा उपस्थित थिए ।
गत साता सम्पन्न भएको गण्डकी प्रदेश अधिवेशन पछि नव निर्वाचित कार्य समितिको यो पहिलो महत्त्वपूर्ण कार्यक्रम हो । अधिवेशनले घम बहादुर थापालाई अध्यक्ष तथा अङ्क घर्तीलाई उपाध्यक्षमा चयन गरेको थियो । यसै गरी, प्रतीक घर्ती सचिव तथा बिरबल कुँवर कोशाध्यक्ष भए ।
शर्मिला महत,बसन्ती बुढा,फारम महत,विशाल बुढा, विक्रम सुनार र उत्तर गुरुङ सदस्य भए । महिला बैठकले आकाश चन्द्र घतीलाई उपाध्यक्षमा चयन गरेको छ । यसै गरी, सुरज सुनारलाई पनि मनोनीत गरिएको छ ।
मन बहादुर घर्ती रेफ्री काउन्सिलका प्रमुख तथा दिनेश बुढा प्रतियोगिता संयोजक भए । डाटा संयोजकमा विशाल बुढा तथा अनुशासन संयोजकमा विशाल पाण्डे चयन भए । गण्डकी आइटिएफ पोखरा सम्पर्क मञ्चका प्रमुखका विशाल बुढा चयन भए ।
साधारण सभाको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङले गरेका थिए । नेपाल आइटिएफका अध्यक्ष अञ्जन धमला प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी थिए ।
पहिलो कार्यकालमा नै खेलाडी उत्पादनमा चासो दिने, पारदर्शी र वैज्ञानिक प्रशिक्षण दिलाउने तथा प्रदेश स्तरीय प्रतियोगिता गराउने र प्रदेश टिम तयार गर्ने लगायतका लक्ष्य सो प्रदेश कमिटीको छ ।
Comment