सुशील थापा विजयी

थाइल्यान्ड ओपन ईन्टरनेशनल बक्सिङ छनौट खेलको आइतबार  भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबका सुशील थापा एचटुओका रबिन थापालाई ५ः० ले हराउँदै  फाइनलमा प्रवेश गरे । सोही तौल समूहमा बक्समाण्डुका लक्ष्मण राईले सुर्खेतका मोहन गुरुङलाई अङ्कको आधारमा पराजित गरे । किलो तौल समूहमा नेपाल प्रहरीका भूपेन्द्र थापा र जेनेक्सका मुस्कान राना मगर फाइनलमा फाइनलमा प्रवेश गरेका छन् । थापाले थानकोटका मनिश श्रेष्ठलाई र मुस्कानले रामेछापका सुरेश कुमार भोलानलाई पराजित गरेका थिए ।
छनोट खेलकै महिलातर्फ ५४ किलोग्राम तौल समूहमा मिनु गूरुङ्गले बाँकेका माया क्षेत्रीलाई पराजित गर्दै एपीएफकी सन्जुमाया थिंगसंग फाइनलमा भिडन्त पक्का गरेकी छिन । सन्जुले  थानकोटका सुशीला भोलानलाई अङ्कको आधारमा पराजित गरिन् । त्यसै गरी, महिलातर्फकै ५७ किलो तौलसमुहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मीता राईलाई पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेका छन् ।
फस्ट अल नेपाल स्कुल व्वाय एन्ड र्गल्स बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा ३५ किलो पुरुषतर्फ नक्सालका सक्षम लामाले बक्समाण्डुको प्रवेश उपाध्यायलाई अङ्कको आधारमा पराजित गरे । सोही तौल समूहमा मकवानपुरका अरुण सापकोटाले बक्समाण्डु बीका दीपक बोहरालाई एबीडीको आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरे । पुरुष ४९ किलो तौल समूहमा मातृभूमि.बी भक्तपुरका नवीनतम खड्काले कास्कीका आकाश बोहरालाई अङ्कको आधारमा पराजित गरी फाइनलमा प्रवेश गरे । मकवानपुरका सिलेन वाइबासँग भिडन्त पक्का गरेका छन् । सिलेनले नक्सालका सिद्धार्थ श्रेष्ठलाई अङ्कको आधारमा पराजित गरेका थिए ।
त्यसै गरी पुरुष ५२ किलो तौल समूहमा भूपू बक्सिङ पोखराका समुन्द्र थापा मगरले कास्कीका अंशुल रोकायालाई पराजित गरे । सोही तौल समूहमा बाँकेका यज्ञराज खत्रीले नक्सालका प्रितम महर्जनलाई अङ्कको आधारमा पराजित गर्दै फाइनलमा समुन्द्रसँग भेट पक्का गरेका छन् । त्यसै गरी पुरुष ५८ किलो तौल समूहमा भूपू बक्सिङ पोखरा कै साहिल लिम्बुले मेरिडियन स्कुलका रिजूल निरौलालाई पराजित गरे पुरुष ६१ किलो तौल समूहमा बक्समाण्डुका सेरप गेल्चेन शेर्पाले उदयपुरका रोजन मगरलाई अङ्कको आधारमा पराजित गरे ।
त्यसै गरी स्कुल बक्सिङको र्गल्स तर्फ ४० किलो तौल समूहमा दमकका दिप्सा कांगबांगले अछाम किनिशा नेपालीलाई पराजित गरे । सोही तौल समूहमा अछामकी लक्ष्मी शाहीले बाँकेकी रेविका सुनारलाई अङ्कको आधारमा पराजित गरे स्कुल र्गल्स तर्फकै आर्यन क्लब ललितपुरकी आस्था केसीले नक्सालकी क्रिस्टिना थापालाई पराजित गरे ।
स्कुल व्वाय एन्ड र्गल्स प्रतियोगिताअन्तर्गतमा आजै भएका फाइनल खेलहरूमा पुरुषतर्फको ३७ किलो तौल समूहमा अछामका रोहित जनालाले आर्यन क्लब ललितपुरको अमन थापालाई पराजित गरी प्रथम स्थान हासिल गरे । ४० किलो तौल समूहमा थानकोटका प्रकट महर्जनले बोशिगाँउका रितेश महर्जनलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् । त्यसै गरी ४३ किलो तौल समूहमा अल्फा बक्सिङ दाङका सोनम पुन मगरले अछामका प्रवीण टमटालाई पराजित गर्दै प्रथम स्थान हासिल गरे । आजै भएको पुरुष ४६ किलो तौल समूहमा कास्कीका निशान गुरुङले दमकका योगेश लिम्बुलाई पराजित गदै स्वर्ण पदक हात पारे ।
Comment