अमेरिकाको हिमालमा पण्डितको किर्तिमानी आरोहण

विश्वका सात समिट मध्ये प्राविधीक रुपमा सवैभन्दा कठिन र प्रख्यात आरोही हरुको जमघट हुने अकाउनकागुवाको शिखर चुम्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेको पण्डीतले बताए । दुःख र खतराका हिसावले आफुलाई सगरमाथा र मनास्ल भन्दा पनि माउन्ट अकाउनकागुवा चुनौतिपुर्ण लागेको भन्दै उनले भने ‘त्यहाँ मृत्युको कल्पना हुन्थ्यो,यहाँ आफ्नो आँखा अगाडी मृत्यु देखेजस्तो लाग्यो ।’ आफुलाई मृत्युले पलपल बोलाएपनी शुभेच्छुकको न्यानो मायाले आफु सफल भएको उनले बताए ।
