तारा जिपी कोइराला प्रोफेसनल आइटिएफको अफीसीयल होटेल
Manoj Shiama
15 March, 2022 9:59 pm
होटेल ताराले जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो प्रतियोगिताको अफीसीयल होटेलको रूपमा रहेको छ । होटेल तारा सुइट्स गौरीघाटमा राख्ने निर्णय गरिएको मङ्गलवार जीपी कोइराला मेमोरियल फाउन्डेसन खेलकुद विभाग बाग्मतीकी प्रमुख समेत रहेकी आयोजक कमिटी प्रमुख तुलसी थापा मगरले जानकारी दिइन् ।होटेलमा आयोजक टोलीका १० जना,५४ जना खेलाडी,२० जना अफीसीयल र नौ जना प्रशिक्षकका लागि बसोबासको व्यवस्था मिलाइएको छ ।