भिजनोभामा पौडी पोखरीको उद्घाटन


भिजनोभा मल्टी पर्पोज कम्पनीले तयार पारेको पौडी पोखरीको शनिवार उद्घाटन भएको छ । काठमाडौँ कुलेश्वरमा रहेको भिजनोभामा पौडी पोखरीका अलावा फुटसल, स्नुकर र जिम समेत रहेको छ ।
यस अघि नै फुटसल सञ्चालनमा आए पनि पौडी पोखरीको भने शनिवार उद्घाटन भएको हो । प्रमुख अतिथि पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर १४ की अध्यक्ष  शोभा सापकोटाको पनि उपस्थिति थियो । पौडी पोखरी २५ मिटरको हो ।
भिजनोभाका अध्यक्ष रामकृष्ण तण्डुकारले निकट भविष्यमा प्रौढका लागि योगाको समेत व्यवस्था हुने बताएका छन् ।
भिजनोभा प्रतियोगिता आयोजना र सहभागितामा समेत त्यत्तिकै सक्रिय छ । त्यहाँ पौडीका स्तरीय र राष्ट्रिय स्तरका प्रशिक्षक समावेश छन् । फुटसलको पनि टोली बर्नाएर व्यवस्थित रूपमै प्रतियोगितामा सहभागिता जनाएको त्यस केन्द्रले नेपाली खेलकुदको विकासमा महत्त्वपूर्ण आयाम थप्ने विश्वास गरिएको छ ।

Comment