क्वाटरफाइनल समीकरण पूरा

दसौँ शिरशुभा गम्भीर सिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण बुधवार पूरा भएको छ ।
क्वाटरफाइनल आँधी खोलाले युवा क्लब र छेवाङ युवा क्लब, राङ खोला युवा क्लब र प्रगतिशील युवा क्लब, महाशिला ‘ए’ युवा क्लब र दरौँ युवा क्लब तथा भंगरा युवा क्लब र पञ्चमुल सिरुवारी युवा क्लबबिच हुने छ ।
लिगको अन्तिम दिन ७ खेल सम्पन्न भए । त्यसमा दरौले दरौखोलालाई २–१, आँधी खोलाले माझकटेरी युवा क्लबलाई २–०, राङखोलाले राम्चे युवा क्लबलाई २–० र पञ्चमुल सिरुवारीले नव दृष्टि युवा क्लबलाई २–० को सेटमा पराजित गरे ।
स्व. शिरशुभा र गम्भीर सिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरूद्वारा आयोजित प्रतियोगिताको अन्य लिग खेलमा छेवाङले महाशिला ‘बी’ लाई २–०, भंगाराले क्षेत्री समाज युवा क्लबलाई २–१ र हिले युवा क्लबले प्रगतिशील युवा क्लबलाई २–१ को सेटमा हराए ।
बुधवारै स्व. शिरशुभा÷गम्भीर मान सिंह गुरुङ स्मृति खेल मैदान पनिको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र काँग्रेस नेतृ सरस्वती गुरुङले मैदानको संयुक्त उद्घाटन गरे । आयोजककै उक्त मैदानमा आयोजकले नै करिब २० लाख खर्चमा खेल मैदान निर्माण गरेको हो ।
Comment