प्रोफेसनल आइटिएफको तयारी तीव्र

चैत पहिलो साता हुने गिरिजा प्रसाद कोइराला स्मृति प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको तयारी तीव्र रूपमा  अघि बढेको छ । तयारीकै क्रममा नेपाल आइटिएफका अध्यक्ष अञ्जन धमला, महासचिव अन्जु राउत,  कोशाध्यक्ष वासुदेव भट्ट र सदस्य आशिष् कार्की सहितको टोलीले आयोजक कमिटीका संयोजक तुलसी थापा मगरसँग भेट गरी अन्तिम तयारीका बारे सल्लाह छलफल गरेका थिए ।
संयोजक थापा गिरिजा प्रसाद प्रसाद फाउन्डेसन खेलकुद विभागको बाग्मती प्रदेश प्रमुख समेत हुन् । प्रतियोगिता ५ र ६ चैतमा काठमाडौँमा हुने छ ।
Comment