पहिलो दिननै अप्रत्यासित परिणाम ,सिमा कुमारीको नया कीर्तिमान

lalkanchimaya

काठमाडौमा शनीबार सुरु भएको ४० औ राष्ट्रिय च्याम्पियनसीपको पहिलो दिन केही अप्रत्यासीत नतीजा देखिए । धेरैको अनुमानलाई गलत सावित गर्दै एपीएफका आशिर्ष  चौधरी र सरस्वती चौधरी गतीसील नेपाली बन्न सफल भए । पुरुष १ सय मिटरमा एपीएफका आशिषले १०.७४ मा निर्धारित दुरी पुरा गर्दा आर्मीका मिन बहादुर चौधरी ०.०२ सेकेन्डले पछि परे । नेपाल पुलिसका याम साजन सुनार भने ११ सेकेन्ड समयका साथ तेस्रो भए । १ सय मिटर महिलामा सरस्वतीले १२.७५ ले दुरी पुरा गरिन् । लामो समय देखि यस स्पर्धामा राज गर्दै आएकी दिलमाया कार्कीले १२.९ ० सेकेन्ड समयका साथ दोस्रो स्थान पाइन् । सेनाकी रमिता चौधरी १२.९४ सेकेन्डका साथ तेस्रो भइन् ।
१सय १० मिटर हर्डल्समा आर्मीका बिशेष महतो १५.६० सेकेन्ड समयका साथ पहिलो भए । पुलिसका चन्द्रदेव जोशी १५.८७ सेकेन्ड समयका साथ दोस्रो तथा आर्मीका सागर कार्की १८.८३ सेकेन्ड समयका साथ तेस्रो भए । १६.१५ सेकेन्ड समयका साथ पहिलो एपीएपकी सबिता चौधरी १७.१७ सेकेन्ड समयका साथ दोस्रो तथा पुलिसकै सन्तु कुमाल चौधरी १९.०६ सेकेन्ड समयका साथ तेस्रो भए । महिला १ सय मिटर हर्डल्समा पुलिसकी केशरी चौधरी महिला ८सय मिटरमा आर्मीकी सरस्वती भट्टराइ २ मिनेट २०.२ सेकेन्ड समयका साथ पहिलो भइन् । एपीएफकी फुलमती राना २ मिनेट २४.९ सेकेन्ड समयका साथ दोस्रो तथा मध्यमश्चिमकी सिता न्यौपानले २ मिनेट २९.६ सेकेन्ड समयका साथ तेस्रो भइन् । पुरुष ८ सय मिटरमा सेनाका मुक्ती खड्का १ मिनेट ५६.३ सेकेन्ड समयका साथ पहिलो भए  । पुलिसका करण खड्का १ मिनेट ५९.८ सेकेन्ड समयका साथ दोस्रो भए  । एपीएफका नारायण थापा २ मिनेट १.३ सेकेन्ड समयका साथ तेस्रो भए  । महिला १० हजार मिटरमा एपीएफकी सदाबाहर धाबीका कान्छीमाया कोजु ३८मिनेट १३.१० सेकेनड समयका साथ पहिलो भइन् । आर्मीकी बिश्वरुपा बुढा ४० मिनेट ४.५० सेकेन्ड समयका साथ दोस्रो तथा मध्यमाञ्चलकी सन्तोषी श्रेष्ठले ४१ मिनेट २९ सेकेन्ड समयका साथ तेस्रो स्थान पाए  ।
अर्को अप्रत्यासित नतीजा आएको पुरुष १० हजार मिटरमा लाल बहादुर थापाले ३१ मिनेट ६.१ सेकेन्ड समयका साथ पहिलो स्थान पाए । एपीएफका गोपीलाल पार्कीले ३२ मिनेट १७.२ सेकेन्डका दोस्रो तथा आर्मीका हरिर रिमालले ३२ मिनेट १९.६ सेकेनड समयका साथ तेस्रो भए ।
पुरुष लंगजम्पमा आर्मीका डिल्ली खत्री ६.६६ मिटरका साथ पहिलो भए । आर्मीकै छबीला चौधरी ६.६३ मिटरका साथ दोस्रो तथा पुलिसका चन्द्रदेव जोशी ६.६१ मिटरका साथ तेस्रो भए । महिला लंगजम्पमा पुलिसकी केशरी चौधरी ५.३३ मिटरका साथ पहिलो,आर्मीकी कृष्ण चौधरी ४.९० मिटरका साथ दोस्रो तथा आर्मीकै रमिता चौधरी ४.८५ मिटरका साथ तेस्रो भइन् ।
महिला ज्याभलीन थ्रोमा एपीएफकी सिमा कुमारी थारुले आफ्नै नाममा रहेको पुरानो राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण जितिन् । यस अघि उनले २०७० असोजमा ३७.७८ मिटर फक्दै राखेको कीर्तिमान भंग गर्ने क्रममा ३८ ।४६ मिटर फ्याकीन् । पुलिसकी चन्द्रकला लाम्गादेले ३९.२७ मिटर फाकीन् । मध्यपश्चिमकी लक्ष्मी थारुले ३८.८४ मिटर फाकेर तेस्रो स्थान पाइन् । पुरुषमा आर्मीका धिरेन्द्र कुमार शाहले ५७.२४ मिटर सहित पहिलो स्थान पाउदा एपीएफका बालकृष्ण चौधरीले ५३.०७ मिटरका साथ दोस्रो तथा सोही टोलीका इश्वर टोलीका ५०.७३ मिटर फाक्दै तेस्रो भए ।

Comment