बालाजुलाई पहिलो स्थान, आदर्श योग हरी दोस्रो

भिमस्थान भिमढुंगा तेक्वान्दो डोजाङको आयोजनामा शनिवार भएको जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा बालाजु तेक्वान्दो डोजाङ पहिलो भएको छ । सो प्रतियोगितामा आदर्श योग हरि मावि दोस्रो भएको छ । आदर्श योगहरिले ३ स्वर्ण, ४ रजत तथा दुई कांस्य पदक हात पारेको हो । आदर्श योगहरिकी जस्मिन,क्रिजला र आश्माले  स्वर्ण पदक जिते भने  ग्रेनिस,प्रदीप,सन्देश र रोनीयाले रजत पदक  जिते । यसै गरी, रित्तीकाले  कास्य पदक जितिन् ।
प्रतियोगिताको विजेता खेलाडीलाई नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेत तथा नेता एवं संस्कृतिकर्मी माइला लामा लगायतले पुरस्कार प्रदान गरे ।
Comment