प्रोफेसनल आइटिएफका लागि जिम्मेवारी बाँडफाँड

अर्को महिना आयोजना हुने प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपका लागि जिम्मेवारी बाँडफाँड गरिएको छ । शनिवार तुलसी थापाको अध्यक्षतामा बसेको बैठकले शङ्कर श्रेष्ठलाई प्रतियोगिता व्यवस्थापन ,रितिज पुरीलाई होटेल व्यवस्थापन,जीवन खुलाल मगरलाई  खेलाडी व्यवस्थापन, पुकार केसीलाई प्रचार संयोजन र पूजा  खुलाल मगरलाई आर्थिक व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
यसै गरी, कर्साङ तामाङलाई यातायात व्यवस्थापन,डेमोस्ट्रेसन तथा साहसिक कार्यक्रमको रञ्जु मगर, अतिथि तथा म१च व्यवस्थापनमा योगेश थापा मगर तथा मेडिकल व्यवस्थापनमा सुजु राना मगरलाई संयोजक चयन गरिएको छ ।
चैत ५ र ६ मा आयोजना हुने सो प्रतियोगिता गिरिजा प्रसाद कोइराला फाउन्डेसनको  युवा तथा खेलकुद विभाग , बाग्मती प्रदेश समितिको आयोजना  तथा नेपाल आइटिएफको सहकार्यमा हनु लागेको हो । प्रतियोगिताको संयोजक  तुलसी थापा छिन् ।
Comment