डोजाङ प्रमुख पुरस्कृत

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा भएको प्रथम काठमाडौँ जिल्ला व्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिताका पदक विजेता पुरस्कृत भएका छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र २÷२ हजारका दरले नगद पुरस्कार पाए ।
माघ २८ गते भएको प्रतियोगिताको पुरुषमा अल्पाइनका पुष्पप्रसाद गौतम पहिलो, मैजु कुमारीका नोर्बु मोक्तान दोस्रो तथा बालाजुका सुरेश मानन्धर र योन्सुकका दुर्गामान तामाङ तेस्रो भएका थिए ।
महिलामा मिनिल्यान्डकी चन्दु शाही प्रथम, लुनारकी रङ्गिला रोका द्वितीय तथा विद्या आर्जनकी मुना खवास मगर र पिस नेपालकी शारदा धिमालले तृतीय स्थान हासिल गरेका थिए ।
उनीहरूलाई आयोजक सङ्घका अध्यक्ष अशोक खड्काले एक कार्यक्रमबिच नगद पुरस्कार प्रदान गरे । प्रतियोगिताको पुरुषमा २९ र महिलामा ८ डोजाङ प्रमुख सहभागी थिए ।
Comment