संगीना लगायत खेलकर्मीको सम्मान

sangina baidya
राष्ट्रपती रामवरण यादवले शुक्रबार एसियाली च्याम्पियनसीपकी स्वर्ण विजेता संगीना बैद्य लगायतका खेलाडीलाई सम्मान गरेका छन् । संगीनाले १५ लाख रुपैया पाइन् । सम्मानीत हुने संगीनाले सन् १९९७ मा भएको एसियाली च्याम्पियनसीपमा स्वर्ण पदक पाएकी थिइन् । खेलको दौरान गोडामा बोकेको चोटका बाबजुद स्वर्ण जित्दै संगीनाले आफूलाई नेपाली खेलकुदको शीर्ष ब्यक्तित्वको रुपमा पुष्टि गर्न सफल भएकी हुन् । त्यस पछि तेक्वान्दोमा पुनरागमन गर्दै उनले आठौ र नवौ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् । सन् २००४ को ओलम्पिकमा छनोट चरण पार गर्दै सहभागिता जनाए पछि उनले छनोट खेल मार्फत ओलम्पिकमा सहभागि हुने पहिलो नेपाली खेलाडीको रुपमा कीर्तिमान कायम गरिन् ।
प्रशिक्षकको रुपमा उनी आबद्ध नेपाल आर्मी क्लब नेपाली तेक्वान्दोको महत्वपूर्ण शक्तिको रुपमा रहेको छ । तेक्वान्दो गतीबीधी र यो खेलको विकासमा सक्रिय संगीनाको नुवाकोटमा अभर्डहल निमार्णमा समेत महत्वपूर्ण योगदान रहेको जनाइन्छ । मिलनसार स्वभाव र सरल प्रकृतीका कारण पछिल्लो पुस्ताका तेक्वान्दो खेलाडीका माझ उनी आदर्श ब्यक्तित्वको रुपमा रहेकी छिन् । खेलप्रतिको समपर्ण, लगन र परिश्रमको  प्रतीक संगीनालाई तेक्वान्दो मात्र नभइ थुप्रै खेलका खेलाडीले प्रेरणाको श्रोत मान्ने गरेका छन् ।
यसैगरी, आइसीसी डिभिजन थ्री विजेता नेपाली टोलीका साहयक प्रशिक्षक जगत टमाटा र  एसियाली खेल खेलकी काश्य विजेता भगवती माझीलाई १ लाख रुपैया प्रदान गरियो । काठमाडौमा सम्पन्न पहिलो साफ च्याम्पियनसीप महिला भलीबल प्रतियोगिता,यु–१४ क्षेत्रीय फुटबल प्रतियोगिता र महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताका विजेतालाई २५ हजार रुपैया प्रदान गरियो ।

Comment