दुई खेल अघि नै मछिन्द्रलाई लिगको उपाधि

 सातदोबाटो यूथ क्लबलाई १–० अन्तरले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मछिन्द्रलाई जित दिलाउन  नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल गरेका हुन् ।
जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अङ्क जोडेको छ । मच्छिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा ९ अङ्कले अघि रहेको छ । मनाङको २० अङ्क रहेको छ । सातदोबाटोले ११ खेलमा १५ अङ्क जोडेको छ । सातदोबाटो छैटौँ स्थानमा रहेको छ ।
यसअघि मछिन्द्रले ०७८ सालमा पहिलो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको थियो ।
Comment