राज्यबाट अबमुल्यन भएकी बिमलाले जितिन् पदक

bimala tamang

राज्यको सुबीधाबाट बन्चीत बिमला तामांगले दक्षिण कोरियाको इन्चोनमा जारी एसियाली खेलकुदको कराते महिला एकल कातामा नेपालका लागि काश्य पदक जितेकी छिन् । धनगढीमा भएको छैटा राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता नेपाली करातेमा भएको दुइ पक्षिय विवादको शिकार भएकी थिइन् । बिश्व कराते महासंघ र एसियाली कराते महासंघको मान्यताप्राप्त नेपाल कराते महासंघको प्रतिनिधीत्व गर्दै विभिन्न प्रतियोगितामा समाबेश भएको कारण उनलाई सदस्य सचिव युवराज लामा सहितले सौतेनी ब्यबहार गर्दै आएका थिए ।
डब्लुकेएफको मान्यता रहेको नेपाल कराते महासंघलाई बे वास्ता गर्दै नेपालमा छनोट भए पछि यो विवादको तीब्र रुप दक्षिण कोरियासम्म पुगेको थियो । विबादको गुज्ररहेको समयमा राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल विवादलाई बेवास्ता गर्दै नर्वे भ्रमणमा रहेका थिए ।
अन्तराष्ट्रिय मान्यताप्राप्त कराते महासंघलाई बे वास्ता गर्दै राज्यले जर्बजस्ती गरे पछि पुरेन्द्र विक्रम लाखेको नेतृत्वमा कराते टोली इन्चोन पुगेको थियो । राज्यले विवादको समाधान गर्न पहल नगरेर निर्णय लादे पछि बिमला र अनुमपा मगर आफ्नै खर्चमा इन्चोन पुगेका थिए । यी दुवै खेलाडी राज्यको कुनै पनि सुबीधाबाट बन्चीत थिए ।
त्यसो त तीन बर्ष अघि यवराज लामाले लाखे नेतृत्वको नेपाल कराते महासंघ विघटन गरे पछि पौडेलको नेतृत्वमा रहेको नेपाल खेलकुद महासंघले आन्दोलनको घोषणा गरेको थियो । त्यसै महासंघको अध्यक्ष भएका कारण मन्त्री भएका पौडेलले यस पटक राज्यको प्रशिक्षण गरेका बाहके अन्य खेलाडीको काम रिंगमा उभिने मात्र भएको सम्म प्रतिक्रिया दिने गरेका थिए ।
उता, बालाजु कराते एकेडेमीका खेलाडीले एक पछि अर्को अन्तराष्ट्रिइ प्रतियोगितामा सफलता पाउदै जादा राज्यका जिम्मेवार निकाय आफै सञ्चार क्षेत्रको दुरुपयोग गर्ने र ती सफलतालाई अबमुल्यन गर्ने काममा लागेका थिए । यस विचमा मलेसियमा प्राप्त सफलता र दक्षिण एसियाली च्याम्पियनसीपमा यी नै खेलाडीले प्राप्त गरेको सफलतालाई अबमुल्यन गरिएको थियो । बिमलाको यो सफलतामा प्रशिक्षक ध्रुब बिक्रम मल्लको सबैभन्दा ठूलो देन रह्यो ।
को हुन् ध्रब बिक्रम मल्ल ?

बालाजु कराते एकडेमीका मुख्य प्रशिक्षक ध्रुब विक्रम मल्ल नेपालमा करो खेललाई प्राज्ञीक स्वरुप दिने सोच सहित एकडेमी खोल्ने पहिलो ब्यक्ति हुन् । उनकै पहलमा स्थापना भएको बालाजु कराते एकेडेमीले सुनील लामा, अनु अधीकारी, मल्लीका थापा लगायत खेलाडी उत्पादन गरिसकेको छ । एकडेमीका मुख्य प्रशिक्षक मल्लले एसियाडमा बिमलाबाट नै पदकको धेरै आशा गरेका थिए ।
नेपाल गणतान्त्रीक खेलकुद महासंघका सस्थापक अध्यक्ष भए पनि २०६४ को निर्बाचन पछि माओबादी प्रबेश गरेका युवराज लामा सदस्य सचिव हुदै उनी मािथ हाबी भए पछि मल्ल राजनितीक गतीबीधीबाट टाढा रहेका थिए । करातेमै समर्पीत ब्यक्तित्व ध्रुब मुख्य प्रशिक्षक भएको यो एकेडेमीका खेलाडीले पछिल्लो समय करातेको औपचारिक प्रतियोगितामा सहभागिता जनाउदै आएका छन् ।

Comment