प्रधान मन्त्री देउवाद्वारा महिला भलिबल टोली सम्मानित

प्रधान मन्त्री शेरबहादुर देउवाले शुक्रवार राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेका छन् ।
बङ्गलादेशको ढाकामा २०८७ पौष ६ देखि १६ गते सम्म सञ्चालन भएको वङ्गबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता महिला भलिबल टोलीका खेलाडी हरूलाई प्रधान मन्त्री देउवाले  प्रतिव्यक्ति ५ लाख रुपैयाँ प्रदान गरे । स्वर्ण पदक विजेता सम्मानित खेलाडीमा कप्तान अरुणा शाही, मनीषा कुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिभा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी, र शान्ति कुमारी थारु छन् ।
 सरस्वती चौधरी भने घुँडाको शल्यक्रिया भएको कारण उपस्थिति भएकी थिइन । उनको सम्मान पत्र पुरुष भलिबलका पूर्व कप्तान भरत शाहले लिएका थिए । त्यस्तै मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्ट र प्रशिक्षक भरत यादवले समान ३ लाख प्राप्त गरे ।
टिम मेनेजर ज्योति केसीले २ लाख प्राप्त गरेकी थिइन् । सोही अवसरमा विश्व ब्याडमिन्टन  महासङ्घको पुरुष जुनियर एकलतर्फ विश्व वरियताको शीर्ष स्थानमा पुग्न सफल खेलाडी प्रिन्स दाहाल र फुटबलका विदेशी प्रशिक्षक प्रशिक्षक अब्दुलाह अल्मोतारीलाई पनि सम्मान गरिएको थियो । अल्मोतारीले भने फुटबल टिम सम्मानित हुँदा विदेशमा भएका करण उपस्थिति नभए पश्चात् शुक्रवार सम्मान गरिएको हो ।
Comment