अर्घाखाँचीमा रोड रेस फागुनमा Published On : 20 January, 2022 3:05 pm By : Manoj Shiama अर्घाखाँचीको भुमिकास्थानमा हुने तयारी भएको प्रथम अर्घाखाँची राष्ट्रिय रोड रेस निर्धारित मिति भन्दा पछि सरेको छ ।१६ र १७ माघमा तय भएको रेस बढ्दो कोभिड सङ्क्रमणका कारण फागुनको १६ र १७ गतेका लागि सरेको आयोजक स्पोर्ट्स भ्वाइस म्यागेजिनबाट जारी विज्ञप्तिमा उल्लेख छ ।Share this:TweetEmail