एपीएफ प्रधानमन्त्री कप भलिबल च्याम्पियन

pm cup best player
दोस्रो प्रधानमन्त्री कप इन्डो नेपाल आमन्त्रण महिला भलिबलको प्रतियोगितामा ससस्त्र प्रहरीको एपिएफ बिहिवार च्याम्पियन बनेको छ । नेपालगंजको कर्भडहलमा एपीएफले  न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गदै उपाधि हात पारेको हो । प्रतियोगिताको अन्तिम लिग खेलमा एपिएफले न्युडामण्डलाई २५–१७, २५–२२ र २५–१३ ले पराजित गरेको हो । पहिलो पटक सहभागिता जनाएको न्युडायमण्ड अंक तालिकामा शीर्ष स्थानमा रहे पनि अन्तिम खेलमा सोझो सेटमा पराजित हुदै दोस्रो स्थानमा चित्त बुझायो । प्रतियोगितामा एपिएफ क्लबकी क्विक  स्पाइकर सरस्वती चौधरी प्रतियोगिताकै सर्बाेउत्कृष्ट खेलाडी चुनिइन् ।
राउन्ड रोबिनको आधारमा सञ्चालन भएको प्रतियोगितामा नेपाल पुलिसकी कमला पुन उत्कृष्ट डिफेन्डर चुनिदा न्यु डायमण्डकी कृपा अधिकारी उत्कृष्ट सेटर, प्रतिभा मालि उत्कृष्ट स्पाइकर भइन् । यस्तै एपिएफकी नेबिका चौधरी उत्कृष्टसरभर र उषा बिष्ट उत्कृष्ट ब्लकर भइन् । प्रतियोगिताको बिजेता टोलि एपिएफले नगद रु ५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । उपबिजेता न्युडायमण्डले ३५ हजार हात पार्दा तेस्रो भएको अर्को विभागिय टोली नेपाल पुलिसले २५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । बिजेता टिमाालाई  राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले पुरस्कार बितरण गरेका थिए । प्रतियोगितामा भारतको उत्तर प्रदेश महिला भलिबल टिम सहित ५ टिमले सहभागिता जनाएका थिए ।

Comment