राष्ट्रिय एथलेटिक्सको ४० औं संस्करण शुक्रबारदेखि

 ४० औ राष्ट्रिय च्याम्पियनसीपकी प्लयेर टु वाच दिलमाया कार्की

४० औ राष्ट्रिय च्याम्पियनसीपकी प्लयेर टु वाच दिलमाया कार्की

नेपाल एथलेटिक्स संघको आयोजनामा ४० औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा पाँच विकास क्षेत्रको पाँचै टिम, तीनविभागीय टिम नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ क्लब गरी ८ टिमका १ सय ७६ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संघका सचिव एवं प्रतियोगिता संयोजक आरके विष्टले जनाएका छन् । प्रत्येक टिम बाट २२ का दरले खेलाडी सहभागी हुनेछन् । पुरुष र महिला खेलाडी संख्या समान रहेको छ ।
पुरुष÷महिलामा १८–१८ गरी जम्मा ३६ स्वर्णकालागि प्रतिस्पर्धा हुनेछ । थ्रोविङ इभेन्ट भद्रकालीस्थित आर्मी हातामा हुनेछ भने बाँकीत्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । तीनदिन सम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख खर्च हुने आयोजक एथलेटिक्स संघले जनाएको छ ।

प्रतियोगितामा तीन विभागीय टोली एपीएफ, नेपाल आर्मी र नेपाल पुलिस क्लबका विचमा उपाधि भिडन्त हुने छ । नेपाल पुलिसका यम साजन तथा एपीएफकी दिलमाया कार्की नेपालका गतीसिल ब्यक्तित्व हुने अनुमान धेरैको छ ।  यस पटकको राष्ट्रिय च्याम्पियनसीपमा दिलमाया कार्की नै स्टार हुने धेरैको अनुमान छ । महिला १ सय मिटर हर्डल्समा पुलिसकी केशरी चौधरी र एपीएफकी सबिता चौधरी विचको भिडन्त च्याम्पियनसीपको सबैभन्दा प्रतिस्पर्धात्मक स्पर्धाको रुपमा हेरिएको छ । नेपाली एथलेटिक्समा सबैभन्दा लामो समय प्रभाव देखाएकी मध्यमदुरीकी धाबीका कान्छीमाया कोजुका लागि आफूलाई सदाबाहर स्टारको रुपमा पुष्टि गर्न यो एउटा थप अबसर रहेको छ ।

Comment