फुटबलको उपाधि नवलपरासी र भलिबलको उपाधि ल्वाङघलेललाई

Manoj Shiama
11 March, 2015 8:26 pm

pokhara yuwa sanghपोखरा
युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शहीद सप्ताह खेलकुद महोत्सव बुधबार सम्पन्न भयो।
पोखरा रड्डगशालामा सञ्चालित महोत्सवअन्तर्गत अन्तर जिल्लास्तरीय राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि युवा सङ्घ जिल्ला कमिटी नवलपरासीले जितेको छ। बुधबार भएको फाइनलमा युवा सङ्घ जिल्ला कमिटी लमजुङलाई १–० ले हराउँदै नवलपरासीले उपाधि जितेको हो। नवलपरासीको जीतमा खेलको दोस्रो हाफको अन्तमा दामोदर क्षत्रीले निर्णायक गोल गरेका थिए। क्षत्री नै प्रतियोगिताको बेस्ट प्लयेर घोषित भए। यस्तै सर्वाधिक छ गोल गरेका लमजुङका मनोज गुरुङ हाइस्कोरर बने।युवा सङ्घ जिल्ला कमिटी पाल्पाले फेयर प्लये अवार्ड पायो।
उपाधिसँगै उसले नगद ५० हजार पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता बनेको लमजुङले नगद ३० हजारमा चित्त बुझायो। यस्तै युवा सङ्घ  काठमाडौंले नगद १० हजार प्राप्त गर्न सफल भयो।
यस्तै बुधबार नै सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि ल्वाङघलेलले जितेको छ।फाइनलमा युवा सङ्घ क्षेत्र नं. ४ लाई सोझो तीन सेटमा पराजित गर्दै ल्वाङघलेलले एक हप्ताको बीचमा दोस्रो उपाधि जितेको हो।पहिलो सेट २५–२१ ले जितेको ल्वाङघलेलले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै नगद ५०, शिल्ड, मेडल र प्रमाणपत्र हजार प्राप्त गर्न सफल भयो। उसले एक हप्ताअघि सम्पन्न थ्री सिस्टर्स कप भलिबल प्रतियोगिताको पनि उपाधि जितेको थियो। दोस्रो भएको क्षेत्र नं. ४ ले नगद ३० हजार प्राप्त ग¥यो।
तेस्रो स्थानको लागि भएको खेलमा युवा सङ्घ पोखरा–१४ चाउथेले गोर्खा राइफल्सलाई ३–१ को सेटमा पराजित ग¥यो। पहिलो सेट १५–२५ ले गुमाएको चाउथेले त्यसपछिको दोस्रो सेट २५–२३, तेस्रो सेट २५–२१ र चौथो सेट २९–२७ ले आफ्नो पक्षमा पार्दै नगद १० हजार सुरक्षित ग¥यो।
प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीलाई नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, प्रचार विभाग प्रमुख तेजनारायण अधिकारी, एमाले अञ्चल सदस्य मोहन रेग्मी, एमाले क्षेत्र नं. १ का अध्यक्ष टीकाराम पंगेनी, युवा सङ्घ केन्द्रीय सदस्य हरि लम्साल, युवा सङ्घ गण्डकी अञ्चल अध्यक्ष नवराज ओझा, युवा सङ्घ कास्कीका अध्यक्ष विष्णु पुन, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने, प्रायोजक भुवन घिमिरे, प्रेम थापा, शिव आचार्य, भलिबल खेल संयोजक राजु अधिकारी, फुटबल खेल संयोजक नवीन पुन, खेलकुद पत्रकार एकराज गिरी, गणेश बराल, नवराज क्षत्री, सुवास सापकोटा, नरेन्द्र ढुंगाना, दीपक लामिछानेलगायतले नगद तथा मेडला र प्रमाणपत्र वितरण गरेका थिए।
फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगितामा भलिबल र फुटबलमा समान २४ टीमको सहभागिता रहेको थियो। युवा सङ्घ कास्कीका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम सुवेदीले गरेका थिए।