क्रिकेटमा नेपालको हार

logo asiad

दक्षिण कोरियाको इन्चोनमा जारी एसियाडमा नेपालको कमजोर प्रदर्शन जारी रहेको छ । नेपाली टोलीको पराजयको क्रम जारी रहेकै समयमा बुधबार पुरुष क्रिकेट टोली पनि अफगानीस्तानसंगको खेलमा ८ रनले पराजित भयो । १२० रनको लक्ष्य पाएको नेपालले सात विकेटको क्षतीमा १११ रन जोड्यो । नेपालका बिनोद भण्डारीले ४८ तथा ज्ञानेन्द्र मल्लले ३० रनको योगदान गरे । यी दुइले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरे ।
नेपाल विजय उन्मुख भए पनि १५ औ ओभरको अन्तिम तीन बलमा दुइ विकेट गुमाए पछि खेल अफगानीस्तानको पक्षमा मोडीयो । अफगानीस्तानलाई जित दिलाउने क्रममा फरिद अहमदले चार ओभरमा १७ रन खर्चीदै चार विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिंग गरेको अफगानीस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै ११९ रन जडेको थियो । विजयी अफगनीस्तानले सेमिफाइनलमा हंगकंगसंग खेल्ने छ ।

Comment