नेपाली टोलीलाई लगातार दोस्रो पटक उपाधि

नेपाली महिला भलिबल टोलीले दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि जितेको छ ।
उज्बेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल दोस्रो पटक  च्याम्पियन बनेको हो । मिरपुरस्थित सहिद शुरवार्दी इनडोर स्टेडियममा नेपालले पहिलो सेट २५–२४ ले जितेको थियो । दोस्रो सेटमा उज्बेकिस्तान २५–२४ ले विजयी भए पनि तेस्रो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेट उज्बेकिस्तानले २५–२२ ले जित्यो । पाँचौँ सेट १५–१० ले आफ्नो बनाउँदै नेपालले उपाधि जित्यो । नेपालले शतप्रतिशत नतिजासहित उपाधि जितेको हो ।
Comment