एपीएफ अर्को उपाधिको नजीक

apf vs western
दोस्रो प्रधानमन्त्री कप इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा न्यु डायमण्ड एकेडेमी र एपीएफ क्लब बीच उपाधि भिड्न्त निश्चत भएको छ । नेपालगन्जको कभर्डहलमा भएको चौश्रो दिनको खेलमा रमिला तण्डुकारको अनुपस्थितिमैे न्यू डायमण्डले साविक विजेता नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो । अर्को  खेलमा एपीएफले पश्चिमान्चललाई  ३–१ को सेटमा पराजित गर्यो । न्यु डायमण्डले पुलिसलाई २५–२०,२५–२० र २५–११ को सोझो सेटमा हराउदा एपीएफले पश्चिमान्चललाई २५–२२,२५–१५ र ३२–३४ र २५–८ ले हराएको थियो । राउन्ड रबिन पद्धतिमा खेलाईएको खेलमा न्युडायमन्ड ३ खेलबाट अपराजित रहदै ९ अंक जोड्न सफल भयो । तीन खेलनै खेलेको एपीएफले ८ अंक बनाएको छ । पुलिस क्लबले ४ खेलबाट ७ अंक बनाएर तेश्रो स्थान सुरक्षित गरेको छ ।
पछिल्लो तीन बर्ष उत्कृट लयमा रहेको एपीएफ गत बर्ष भने यसै प्रतियोगितामा तेस्रो स्थानमा सिमित रहेको थियो । पछिल्ला दिनहरुको प्रदर्शनलाई आधार मान्दा एपीएफ स्वभाबिक दाबेदार हो । केही महिना अघि ढोरपाटन कप, बुटवलमा भएको राष्ट्रिय च्याम्पियनसीफ र  एपीएफकपमा  एपीएफले उपाधि जितेको थियो ।
सरस्वती चौधरीको सानदार फर्म, नेबीका चौधरीको उत्कृष्टता र कप्तान निमा श्रेष्ठको स्थीर प्रदर्शन त स्वभाबिक जितको आधार हो । लीफ्टर बिनिता बुढाथोकी र रेश्मा भण्डारी पनि राम्रो लयमा रहेका कारण एपीएफ अन्य टोलीभन्दा उत्कृष्ट रहेको छ ।

Comment