रामेछापमा आइटिएफ ग्रेडिङ

रामेछापमा आइटिएफको ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङबाट २० जना ब्ल्याक बेल्टमा बढुवा भएका छन् ।
ग्रेडिङ नेपाल आइटिएफकी महासचिव अन्जु रावतले लिएकी हुन् । प्रमुख अतिथि खाँडादेवी गाउँ पालिकाका प्रमुख  प्रेम बहादुर तामाङको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । नेपाल आइटिएफ कार्य समितिका सदस्य रूप सिंह मोक्तान,सिनीयर प्रशिक्षक राजेश बोलखे र बाग्मती प्रदेश कमिटीका कोशाध्यक्ष आशिष कार्कीको कार्यक्रममा उपस्थिति थियो ।
Comment