प्रधानमन्त्री कप महिला भलिबलमा न्युडायमण्ड, पुलिस र एपीएफ बिजयी

new diamond western
न्यु डायमण्ड एकेडेमी,नेपाल पुलिस क्लब र एपीएफ क्लबले दोस्रो प्रधानमन्त्री कप इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा मंगलवार सफलात हात पारेका छन् ।
नेपालगन्जको कभर्डहलमा भएको तेश्रो दिनको खेलमा न्युडायमण्ड एकेडेमीले पश्चिमाञ्चललाई  ३–१ को सेटमा पराजित गर्दा पुलिस र एपीएफले पाहुना टोली भारतको उत्तरप्रदेशलाई ३–०  सोझो सेटमा हराए । पुलिसले २५–१५,२५–१५ र २५–१२ को सेटमा हराउदा एपीएफले २५–२०,२५–१३ र २५–१४ ले पाखालगाएको थियो ।  तिन खेलबाट पुलिसको ७ अंक छ । २ खेलबाटन् युडायमण्डले ६ अंक बनाउदा २ खेलनै खेलको एपीएफले ५ अंक जोडेको छ ।
मन्जु गुरु¨को कप्तानीमा कोटमा उत्रिएको पश्चिमाञ्चलले पहिलो सेट २५–२१ ले जितेको थियो । पहिलो सेट गुमाएको न्युडायमण्डले लगातार तीन सेट  २५–१५ र २५–१६ र २५–२१ ले आफ्नो नाममा पादै ३ अंक थपेको हो । प्रतिभा मालीको उत्कृष्ट स्पाईकले पश्चिमान्चलको डिफेन्सलाई चिरेको थियो । उता पश्चिमान्चलका मन्ज गुरु¨, परिक्षा गुरु¨ र अरुणा शाहीको कडा प्रहार न्युडायमण्डकी डिफेन्स सलिना श्रेष्ठले उत्कृष्ट बचाउ गरेकी थिईन् ।

Comment