तीन तेक्वान्दोकर्मी सम्मानित


युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, २ प्रशिक्षक र १ निर्णायक गरी ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान आइतबार प्रदान गरेको छ ।
उसुबाट सुर्खेतका दीपक हमाल, धादिङकी जुनी राई र भक्तपुरकी सुस्मिता तामाङ, करातेबाट काठमाडौँका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडीबाट म्याग्दीका केशव थापा (बहुखेल) सम्मानित भए । सबैले जनही १ लाखसहित प्रशंसा पत्र प्राप्त गरे ।
प्रशिक्षकमा तेक्वान्दोबाट नुवाकोटकी सँगिना वैद्य र काठमाडौँका नोर्बु लामा सम्मानित भए । दुवैले समान अङ्क हासिल गरेकाले जनही ५० हजार नगदसहित प्रशंसा पत्र पाए । निर्णायकमा काठमाडौँका अशोक खड्का सम्मानित  भए । तेक्वान्दोका उनलाई १ लाख नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।
। तेक्वान्दोका दुवै प्रशिक्षक नेपाली खेलकुदका लोकप्रिय व्यक्तित्व हुन् ।सँगिना खेलाडी  प्रशिक्षकको रूपमा उत्तिकै सफल व्यक्ति हुन् भने नोर्बुले राष्ट्रिय टोली तथा घरेलु प्रतियोगितामा स्युचाटारको तेक्वान्दो टोलीलाई उत्तिकै सफलता दिलाएका छन् । उत्कृष्ट रेफ्रि घोषित खड्का तेक्वान्दोमा सक्रियताको पर्याय मानिन्छन् भने  मिलनसार स्वभावका कारण धेरैका प्रिय मानिन्छन् ।

Comment