इश्वर स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि सिदानेलाई

Manoj Shiama
10 March, 2015 8:34 pm

पोखरा
भुरुङ्दी युवा क्लब दाङसिङ–७ लामदुवालीले फागु पूर्णिमाको अवसरमा सञ्चालन गरेको इश्वर स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि पञ्चासे युवा परिवार सिदानेले हात पारेको छ।
इश्वर गुरुङको स्मृतिमा लामदुवालीमा सोमबार भएको फाइनल खेलमा गैरीवाङ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सिदानेले उपाधि हात पारेको हो।
पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पञ्चासेले तेस्रा सेट २३–२५ ले गुमायो तर चौथो सेट २५–२० ले हात पार्दै उपाधि हात पारेरै छोड्यो।यस्तै तेस्रो स्थानको लागि भएको खेलमा पर्वतको डिमुवा क्लबले घान्द्रुकको किन्चे क्लबले वाकओभर दियो। प्रतियोगितामा विजेता टीम पञ्चासेले नगद ३५ हजार, शिल्ड,मेडल र प्रमाणपत्र हात पा¥यो भने उपविजेता गैरीवाङले नगद २० हजारमा चित्त बुझायो। तेस्रो भएको डिमुवो नगद आठ हजार प्राप्त ग¥यो।
प्रतियोगितामा गैरीवाङ क्लबका रामु सुवेदी बेस्ट प्लयेर तथा डिमुवाका अनिल लामिछाने बेस्ट स्पाइकर घोषित हुँदै ट्रफी हात पारे। विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि कास्की जिल्ला भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचन, कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष मनोज गुरुङ, क्लबका सचिव दिनेश गुरुङ, समाजसेवी सुवेदार गमबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।
क्लबका अध्यक्ष नजरमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भूमे प्राविका प्रअ तेजप्रसाद शर्माले गरेका थिए। प्रतियोगितामा ३२ टीमको सहभागिता रहेको थियो।