जुनियर तेक्वादो प्रतियोगिता सम्पन्न

Taekwondo edited
पोखरा
कास्की जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला तेक्वान्दो सङ्घको व्यवस्थापनमा जुनियर तेक्वान्दो प्रतियोगिता सम्पन्न भयो।
प्रतियोगितामा वृहत् खेलकुद महोत्सवतर्फ पाँच स्वर्ण र एक रजतसहित शहीद स्मृति आवासीय विद्यालय प्रथम, एक स्वर्णपदकसहित पोखरा तेक्वान्दो डोजाङ द्वितीय र एक रजत तथा एक कास्य पदकसहित ज्योतिकुञ्ज स्कुल तृतीय भए।यस्तै सातौं राष्ट्रपति रनिङशिल्डतर्फ पाँच स्वर्णसहित शहीदस्मृति आवासीय विद्यालय प्रथम, एक स्वर्ण र दुई कास्यसहित शुक्रराज बलभद्र स्कुल द्वितीय र दुई रजत र तीन कास्यसहित बालप्रभात बोर्डिङ स्कुल तृतीय भएका छन्।प्रतियोगितामा पुरुषतर्फ शहीद स्मृतिका डेभिड श्रेष्ठ र महिलातर्फ शुक्रराज बलभद्र स्कुलका स्नेहा परियार बेस्ट फाइटर घोषित भए।
चौथो वृहत् खेलकुद महोत्सवअन्तर्गत पुरुष ३९ केजी तौलसमूहमा शहीदस्मृतिका डेभिड श्रेष्ठ प्रथम, ज्योतिकुञ्ज स्ूकुलका पन्नु लोत द्वितीय तथा सगरमाथा डोजाङका अमित उपरकोटी र सैनिक आवासीय महाविद्यालयका हिमाल सापकोटा तृतीय भए।४२ केजीतर्फ शहीदकै कपिल विक प्रथम, शुक्रराज बलभद्रका संघर्ष श्रेष्ठ द्वितीय तथा कुमुदिनी होम्सका एरोन गुरुङ र सैनिकका निरोज रानाभाट तृतीय भए।५४ केजीमा पोखरा तेक्वान्दो डोजाङका विकल श्रेष्ठ प्रथम, शहीदका आनन्द रञ्जित द्वितीय तथा यासुदा तेक्वान्दो डोजाङका सुरज माझी र सैनिकका समीर गुरुङ तृतीय भए।
महिला ३७ केजीमा शहीदकै अस्मिता बास्तोला प्रथम, मदरल्याण्ड स्कुलका दीपशिखा गुरुङ द्वितीय र यासुदा तेक्वान्दो डोजाङका प्रीति सारुमगर तृतीय भए।४० केजीमा शहीदकै रञ्जिता श्रेष्ठ प्रथम, गुडसेफर्ड स्कुलका अरुणा चौधरी द्वितीय र ज्योतिकुञ्ज स्कुलका मनिता घर्तीमगर तृतीय भए। ४९ केजीमा शहीदकै रुक्सना मियाँ प्रथम, अमरसिंह स्कुलका नैना रानामगर द्वितीय तथा बालप्रभातका सुजना गुरुङ र बेसलाइन एकेडेमीका विन्दु तामाङ तृतीय भए।
यसैगरी सातौं राष्ट्रपति रनिङशिल्डअन्तर्गत पुरुष ४५ केजीमा शहीदका विजय गुरुङ प्रथम, लेखनाथ तेक्वान्दो डोजाङका राजेश मगर द्वितीय तथा बालप्रभातका संकल्प घर्तीमगर र शुक्रराज बलभद्र स्कुलका रोशन रसाइली तृतीय भए।४८ केजीमा शहीदकै कमल विकप्रथम, गुडसेफर्ड स्कुलका खगेन्द्र शाही द्वितीय तथा बालप्रभातका सागर सुनार र सैनिकका सौरभ कुमार गुरुङ तृतीय भए।५१ केजीमा शहीदका राजु विक प्रथम, लेखनाथ तेक्वान्दो डोजाङका सागर गुरुङ द्वितीय र बालप्रभातका रोशन गुप्ता तृतीय भए।
महिला ४२ केजीमा शहीदका सुष्मा परियार प्रथम, बालप्रभातका मोनिका घिमिरे द्वितीय तथा गुडसेफर्डका मीना घिमिरे र ज्योतिकुञ्जका रीता विक तृतीय भए।४४ केजीमा शहीदकै सुनिता कुमाल प्रथम, ज्योतिकुञ्जका सुरक्षा कुँडेल द्वितीय र सैनिकका अनिता श्रेष्ठ तृतीय भए। ४६ केजीमा शुक्रराज बलभद्रका स्नेहा परियारप्रथम, बालप्रभातका उषा गुरुङ द्वितीय तथा शहीदका पुष्पा खड्का र सैनिकका स्नेहा पाण्डे तृतीय भए।
विजेता तथा उपविजेता खेलाडीलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा र कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङलगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। महिला पुरुषतर्फ गरी १२ इभेन्टमा सञ्चालित सो प्रतियोगितामा करिब एक सय खेलाडीको सहभागिता रहेको थियो।

 

Comment