भलिबलमा दान बहादुरको आवश्यकता

काठमाडौँमा गत साता भएको भलिबल प्रतियोगितामा देशभरिका खेलकर्मी उपस्थित भए । यी मध्यका धेरैले सङ्घको वर्तमान नेतृत्वका बारे पनि चासो लिएको पाइयो । यसरी चासो लिनेहरू मध्यकै केहीले सङ्घ नेतृत्वमा दान बहादुर तामाङको आवश्यकताको कुरा पनि उठाएका छन् ।
१० वर्ष अघि तामाङ नेतृत्वमा नेपाली भलिबलले माथिल्लो उचाइ छोएको थियो । सुस्ताएको नेपाली भलिबल राष्ट्रिय खेल बन्ने आधार तामाङ नेतृत्वमै तयार भएको थियो ।
पछिल्लो समय नेपाली भलिबलले राष्ट्रिय खेल भए पनि  यसको साख जोगाउन थुप्रै कसरत गरेको छ । प्रशासनिक अस्तव्यस्तता तथा एउटा साँघुरो घेराबाट भलिबल खेल अल्झी रहेको यस खेलमा केही समय बिताउनेको मत छ ।
सिस्टम भन्दा व्यक्तिगत निर्णय हाबी हुन थालेको आरोप लाग्न थालेको छ । यस बिचमा नेपाली भलिबलले केही नियति पन भोगेको छ । थाइल्यान्डमा प्रतियोगिता खेल्न गएकै समयमा तत्कालीन मुख्य प्रशिक्षक र सङ्घ अधिकारीको बिचमा दरार उत्पन्न भएको सो सङ्घ निकट धेरै जनाको मत छ ।
सङ्घले अन्तर्राष्ट्रिय समन्वय अपारदर्शी भएको पनि धेरैको मत रहेको छ । काठमाडौँमा भएको प्रतियोगितामा सहभागी हुन धेरै जना भलिबल कर्मी आइपुगेका थिए । समाचार श्रोतका अनुसार यस बिचमा धेरैले पूर्व अध्यक्ष तामाङसँग भेट गर्दै अध्यक्षको तयारी गर्न पनि सुझाएका थिए । तामाङकै सोच पनि यस खेलको साख गिर्दै गए र उनका धेरै समर्थकले नेतृत्वको लागि  आग्रह गरे अर्को कार्यकाल उम्मेदवार हुन तयारी गर्ने छ ।
उनीसँग भेट गर्ने केही पूर्व राष्ट्रिय खेलाडीहरू नेपाली भलिबललाई फेरी गतिशील बनाउन यो कदम महत्त्वपूर्ण हुन सक्ने बताएका छन् ।
नेपाल भलिबल  सङ्घका पूर्व सदस्य सालिकराम खड्का तामाङको कार्यकालमा माथिल्लो तहमा पुगेको नेपाली भलिबललाई फेरी गतिशील बनाउन उनको नेतृत्व आवश्यक रहेको बताउँछन् ।
Comment