लैनचौर टिम च्याम्पियन

लैनचौर तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिवार जितेको छ । ६ स्वर्ण, ५ रजत र ५ कांस्यसाथ लैनचौर समग्रमा टिम च्याम्पियन बन्यो ।
गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा अल्टिमेट दोस्रो भयो । अल्टिमेटले समान ४–४ स्वर्ण र रजत हात पा¥यो । तेस्रो स्थानको मुलपानी तेक्वान्दो डोजाङले ३ स्वर्ण, २ रजत र ३ कांस्य प्राप्त ग¥यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।
जोरपाटीस्थित इस्टपोल स्कुलमा भएको प्रतियोगिताको पुरुषमा लैनचौरका सुशान्त भुजेल तथा महिलामा मैजुकुमारी तेक्वान्दो डोजाङकी शीतला बोहरा उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई सङ्घीय सांसद कृष्ण राई, नेपाल तेक्वान्दो सङ्घका सदस्य राम गिरी, काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्का, प्रतियोगिता संयोजक एवं आयोजक कमिटीका अध्यक्ष सोवितमान गिरीलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा विभिन्न २० स्पर्धामा २ सय ५० खेलाडी सहभागी थिए ।

Comment