मुलपानीलाई ३ स्वर्ण


मुलपानी तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रवार ३ स्वर्ण जितेको छ । पहिलो दिन ५ स्पर्धाको फाइनल सम्पन्न हुँदा मुलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो ।
जोरपाटीस्थित इस्टपोल स्कुलमा भएको प्रतियोगिताअन्तर्गत एकल पुम्सेको यु–१६ पुरुषमा एमिलका स्वरूपराज राई र महिलामा मुलपानीकी प्रगति कुइँकेल तथा १६ वर्षमाथि पुरुषमा मुलपानीका मधुसूदन सापकोटा र महिलामा मुलपानीकै हिमाल अधिकारीले स्वर्ण जिते ।
गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत ग्योरोगीको पुरुष ४०–४५ केजीमा लैनचौरका स्वीकार रजकले पहिलो स्थान हात पारे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबिच उद्घाटन गरे । सो अवसरमा राखेपका सदस्य श्रीमान थापा, काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्कालगायतको उपस्थिति थियो । दुहिदिने प्रतियोगितामा विभिन्न २० स्पर्धामा २ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक कमिटीका अध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक सोवितमान गिरीले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्नेले टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

Comment