आयोजक गुरुङ स्पोर्ट्स सेमिफाइनलमा

आयोजक गुरुङ स्पोर्ट्स हाउस प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा बिहीबार भएको खेलमा आयोजक टोलीले तनहुँको भिर्लुङलाई २५–१९,२५–२२,२५–१६ ले हरायो ।
यसै गरी, ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले प्रदेश नं एक सेतासँगको खेलमा २५–१२,२५–१७,२५–६ को सफलता पायो । प्रदेश नं एक रातो होटेल लोटस बौद्ध इनलाई २८–२६,२५–२७,२५–१५,२७–२९,२२–२० ले हराउँदै सेमिफाइनलमा प्रवेश पाउन सफल भयो ।
ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा जारी प्रतियोगिताको लागत १५ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ४० वर्ष भन्दा माथिको खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ  । यसै गरी, उप विजयी टोलीले ६१ हजार १ सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने छ । एक टोलीमा पाँच  खेलाडी  समावेश हुन् छन् । चार खेलाडी मैदानमा उपस्थित हुने प्रावधान छ  । प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबका अध्यक्ष वासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हाल जापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्य भूमिका रहेको छ ।
Comment