प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफको बिजयी सुरुवात

police and apfedited
न्युडायमयड एकेडेमी र एपीएफ क्लबले दोस्रो प्रधानमन्त्री कप इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा सोमवार सफलता हात पारेका छन् ।
नेपालगन्जको कभर्डहलामा भएको दोश्रो दिनको पहिलो खेलमा न्युडायमयड एकेडेमीले भारतको उत्तरप्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै बिजय सुरुवात गरेको छ । क्विईक स्पाईकर ललिता नाथको कप्तानीमा कोर्टमा उत्रिएको न्युडायमयडले पहिलो र दोश्रो सेट २५–६ र २५–१० ले सहजै आफ्नो पक्षमा पार्दा तेश्रो सेट २२–२५ ले गुमाएको थियो । न्युडायमयडले चौथो सेट भने २५–१३ ले निकाल्दै  ३ अंक जोड्न सफल भयो । साबिक बिजेता पुलिससग भएको दोश्रो खेलमा एपीएफले उत्कृष्ट कमब्याक गरेको छ । एपीएफले पहिलो र दोश्रो सेट १८–२५ र १७–२५ले गुमाए पनि बाकी तीनै सेट २५–१३ र २५–१३ र १५–९ ले जितेको थियो । एपीएफले ३–२ को जित निकाले पछि  अंक बाढिएको छ । अन्तर्राष्ट्रिय नियम अनुसार एपीएफले २ अंक प्राप्त गरेको छ भने पराजय पश्चात पुलिसले १ अंक एपीएफबाट खोसेको छ ।  राउण्ड रविनका अधारमा खेलाइएको खेलमा पुलिस २ खेलबाट ४ अंक बनाएर अग्रस्थानमा छ । एक–एक खेल जितेका न्युडायमयड एकेडेमीको ३ तथा एपीएफ क्लबको २ अंक रहेको छ ।

Comment