ढोरपाटनसँग आयोजक गुरुङ स्पोर्ट्स हाउसको हार

गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा सञ्चालित प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको बिहीबार भएको खेलमा चितवनको कर्पाकेली युवा क्लबले तनहुँको भिर्लुङलाई २५–२३, २४–२६,१५–६ ले हरायो ।
यसै गरी, नेपाल भलिबल सङ्घले होटेल लोटस सँगको खेलमा २५–२०, २३–२५,१५–८ को सफलता पायो । अर्को खेलमा ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई २५–१७, २५–१९ ले हरायो ।
अर्को खेलमा प्रदेश नं  एकको रातो टोलीले सिपाडोल युवा क्लबलाई २५–२२,२५–२२ ले हराएको छ ।
मण्डली स्पोर्ट्सले रोल्पा भलिबल सङ्घलाई १८–२५, २५–१४,१५–८ ले हरायो ।
ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा जारी प्रतियोगिताको लागत १५ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ४० वर्ष भन्दा माथिको खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ  । यसै गरी, उप विजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने छ । एक टोलीमा पाँच  खेलाडी  समावेश हुन् छन् । चार खेलाडी मैदानमा उपस्थित हुने प्रावधान छ  । प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबका अध्यक्ष वासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हाल जापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्य भूमिका रहेको छ ।
Comment