आयोजक गुरुङ स्पोर्ट्स हाउसको विजयी सुरुवात 

गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा सञ्चालित प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको बुधवार भएको खेलमा प्रदेश तीनलाई मिश्रित परिणाम हात लागेको छ । प्रदेश तीनको रातो टोलीले चितवनको कर्पाकेली युवा क्लबलाई २५–१७, २५–१८ ले हरायो । नेपाल भलिबल सङ्घले प्रदेश तीनको निलो टोलीलाई २०–२५, २५–२०,१५–११  ले हरायो ।
अर्को खेलमा तनहुँको भिर्लुङले धादिङ एडभान्सलाई  २५–१३, २५–२३ ले हरायो । आयोजक गुरुङ स्पोर्ट्स हाउसले साझा यातायात सँगको खेलमा २५–२३, २५–१८ ले सफलता पायो । म(डाल स्पोर्ट्स क्लबले प्रदेश नं एकको रातो टोलीलाई १६–२५, २५–१९,१५–१३  ले हरायो । प्रदेश नं एक सेताले धादिङ एडभान्ससँगको खेलमा २५–७, २५–१९ को सफलता पायो । मङ्गलवार सुरु भयो । पहिलो दिन भएको खेलमा प्रदेश नं एक रातो र मण्डली पाल्पाले जित हात पारेका छन् ।
प्रदेश एकले रोल्पालाई २५–१६, २५–२० ले हरायो । यसै गरी,पाल्पाले सिवा डोल भक्तपुरमाथिको खेलमा २५–२२, २५–२३ को सफलता पायो । सिपाडा्ेल युवा क्लबले रोल्पा भलिबल सङ्घलाई २५–१६, २२–२५,१५–४  ले हरायो ।
ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा जारी प्रतियोगिताको लागत १५ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ४० वर्ष भन्दा माथिको खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ  । यसै गरी, उप विजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने छ । एक टोलीमा पाँच  खेलाडी  समावेश हुन् छन् । चार खेलाडी मैदानमा उपस्थित हुने प्रावधान छ  । प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबका अध्यक्ष वासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हाल जापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्य भूमिका रहेको छ ।
Comment